नियम ३२
धितोपत्र व्यवसायीको योग्यता

(१) धितोपत्र व्यवसायीको रूपमा दर्ता हुन त्यस्तो संगठित संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुख वा धितोपत्र कारोबार गर्न
जिम्मेवारी लिने मुख्य कर्मचारीको योग्यता देहाय बमोजिमको हुनु पर्नेछ ः–
(क) नेपाल सरकारले स्वीकृति दिएकोमा बाहेक, नेपाली नागरिक भएको,
(ख) एक्काइस वर्ष उमेर पूरा भएको,
(ग) व्यापार प्रशासन वा वाणिज्यशास्त्र वा अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त गरी उद्योग वाणिज्य क्षेत्रमा दुई वर्ष काम गरेको
अनुभव भएको वा धितोपत्र बजार, बैंक, वित्तीय संस्था वा वीमा कम्पनीमा पाँच वर्ष काम गरेको अनुभव भएको,
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत धितोपत्र बजारको सदस्यता प्राप्त गरी कारोबार गरी रहेको व्यक्तिका लागि यस नियम बमोजिमको योग्यता आवश्यक हुनेछैन ।